Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्षसँगै लगानी रणनीति कसरी परिवर्तन गर्ने ? यस्ता छन् राजकुमार न्यौपानेका टिप्सहरु

राजकुमार न्यौपाने

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, ०८ : २० मा प्रकाशित

आर्थिक वर्षसँगै लगानी रणनीति कसरी परिवर्तन गर्ने ? यस्ता छन् राजकुमार न्यौपानेका टिप्सहरु

आ ब २०७७/७८ मा २८८३.४१ अंक मा बन्द रहेको नेप्से परिसूचक आ ब २०७८/७९ मा २००९.४७ अंकमा रोकिएको छ। गत आब मा बजारमा धेरै उतारचढाव हरु आए।

समय सङ्गै लगानिकर्ताले आफ्नो लगानी रणनिती पनि केही फरक बनाएर कारोबार गर्नु पर्ने देखिन्छ। आफ्नो अनुभव को आधारमा विभिन्न लगानी सुत्र यहाहरु माझ बुदागत रुपमा प्रस्तुत गर्न चाहे।

१) आर्थिक बर्स को अन्त्य भए सङ्गै कम्पनी का बार्शिक प्रतिबेदनहरु प्रकाशित हुने क्रम सुरु हुँदै छ। फलानो कम्पनी को यस्तो report आउदै छ रे भन्ने हल्ला सुरु हुन्छ। यसको आधारमा कारोबार गर्दा जोखिम बढ्न सक्छ। तसर्थ रिपोर्ट आउन्जेल कुरौ। राम्रो रिपोर्ट आए पछि केही समय त्यो stock को value बड्ने गर्छ। त्यो समय मा उक्त stock सकभर नकिन्नुस। केही दिन पछि घट्छ र यदि त्यो कम्पनी मा तपाइको बिस्वास छ; बित्तिय सुचकहरु चित्तबुझ्दो छन भने खरिद गर्नुहोस।

२) समाजिक सन्जाल मा हल्ला गरेको भर मा शेयर नकिन्नुहोस। यो किन्नुस राम्रो कम्पनि भनेर कसैले भन्छ भने उसले बेच्ने भएर भनेको हुन सक्छ। आफै verify गरेर किन्न सक्नु हुन्छ भने किन्नु होस। 

३) कम्पनी को fundamental र technical analysis सिकेर मात्र खरिद बिक्री गर्नुहोस । fundamental ले कुन stock किन्न उपयुक्त छ भनेर सिकाउछ भने technical ले उपयुक्त समय अर्थात कहिले किन्ने भनेर सिकाउछ। यति जान्नु भए पछि तपाइले अरुको भर नै पर्नु परेन।

४) तपाइको लगानी क्षमताको १००% शेयर कहिले पनि नकिन्नुहोस। बजार धेरै घटेको अबस्था छ भने २०/३०% share किन्न सकिन्छ। यदि फेरि बजार १५-२०% घटे अर्को १०-१५% किन्दै जानुहोस। यसै गरि २०% नगद मौज्दात जहिले पनि राख्ने गर्नुहोस। धेरै राम्रो अबसर आउदा थप खरिद गर्न काम लाग्छ। 

५) यदि बजार अप्रत्याशित रुपमा बढ्दै छ भने केही प्रतिशत शेयर बेच्दै जानुस। र यदि बजार अप्रत्याशित रुपमा घट्दै छ भने short term trader ले stoploss गर्नु पर्ने हुन्छ। 

६) सकभर loan लिएर शेयर कारोबार नगर्नुहोस। बजार घटेको बेला बेच्नु पर्ने बाध्यता आउन सक्छ।  र यदि loan लिएर गर्ने नै हो भने त्यो loan को ब्याज/किस्ता तिर्ने अर्को माध्यम हुन जरुरी छ। आफ्नो क्षमता भन्दा बढी को कारिबार कहिल्यै पनि नगरौ।

७) right शेयर को हल्ला मा लागेर कारोबार गर्दा जोखिम बढ्न सक्छ। त्यो सुन्दा कम्पनिले हामिलाइ प्रतिफल दिएको जस्तो देखिन्छ। तर हामिसङ्ग नगद पो लिनेहो उसको कार्य बिस्तारको लागि। यदि बढ्दो बजार छ कम्पनिमा तपाइको बिस्वास; बिगतमा राम्रै लाभांश दिएको छ भने ओके नै छ। 

८) कारोबार गर्दा bank को ब्याजदर नि हेर्ने गरौ। यदि बढ्दो ब्याजदर छ भने कमै मात्र कारोबार गरौ। एकल अन्क मा ब्याजदर छ भने बजार राम्रै बढेको देखिएको छ। समग्र अर्थतन्त्र सामान्य हुदा धेरै नै खरिद बिक्री गर्दा नि फरक पर्दैन। यसलाइ आधार मानेर कारोबार गर्दा राम्रै कमाउन सकिन्छ। बेला बेला मा समाचार मा updated हुन जरुरी छ।
राम्रा समाचार आउदा शेयर बेच्ने र धेरै नराम्रा समाचार आउदा शेयर किन्दै जानू पर्छ।

९) stock छान्दा all time high नजिक को मुल्य मा भएका; positive circuit लागेका छान्नु हुदैन। एक बर्स को औशत या कम मुल्य नजिकका र बित्तिय सुचक सन्तोसजनक भएका छान्ने गर्नु पर्छ। 

आफ्नै रणनिती अपनायर कारोबार गरौ। गत आब मा हामीलाई बजारले धेरै कुरा सिकाएको छ। clubhouse मा हल्ला सुनेको भरमा कारोबार नगरौ। कुरा सुन्न सबैको हुन्छ। तर तपाइले स्व अध्ययन गरेर कारोबार गर्ने र आफ्नै decision लिने बानी गर्नु भएप छुताउनु  नपर्ला।
शेयर बजार जुवा घर हैन। तर अन्धाधुन्ध कारोबार गरे जुवाघर भन्दा खतरा हुन्छ। सम्यम भएर आफ्नो जोखिम भार/क्षमता हेरेर मात्र कारोबार गरौ। 

र अन्त्यमा बिदा र फुर्सद को समयमा अध्ययन गर्ने बानी बसलौ। यसले हामिलाई परिपक्व बनाउछ । आब २०७९/८० यहाहरु सबैको सुखमय रहोस। 

जय लगानीकर्ता।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको