घोराही सिमेन्टले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मुल्यमा १ सय रुपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको आईपीओ निष्कासन गर्न लागेकाे हाे ।
नागरिक लगानी कोषले कम्पनीकाे साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस