Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको फेसबुक पेजलाई कसरी मर्ज गर्ने ?

धिरज पौड्याल

सोमबार, ०२ साउन २०७९, १६ : २२ मा प्रकाशित

२ कम्पनीको फेसबुक पेजलाई कसरी मर्ज गर्ने ?

सामाजिक सञ्जाल फेसबूकको सेवा फेसबुक पेज,पछिल्लो व्यवसाय प्रवर्द्धन तथा प्रचार गर्न राम्रो स्राेत मानिन्छ । तपाईँले सञ्चालन गरेका समान प्रकृतिका २ पेजहरुलाई तपाईँले मर्ज गरी दुवै पेजका फ्लोवरलाई एकै पेजमा आवद्ध गर्न सकिन्छ। 

समान नाम भएका पेजलाई मर्ज गरेपश्चात् एक पेजलाई सञ्चालन गर्न सकिन्छ भने अर्को पेजका फ्लोवर उक्त पेजमा आवद्ध हुन्छन् भने दोश्रो पेज हट्छ । 

पेजलाई मर्ज गर्दा डेस्कटपबाट प्रक्रिया अगाडि बढाउँदा सहज हुन्छ। 

फेसबूककाे फिडमा रहेको पेज भन्ने अप्सनमा जानुहोस् र मर्ज गर्न चाहेको पेज सलेक्ट गर्नुहोस् । स्क्रिनको बायाँ तर्फ म्यानेज पेज भन्ने अप्सनलाई स्क्रोल गरेपश्चात सेटिङ आउँछ त्यसमा क्लिक गर्नुहोस्। त्यहाँ मर्ज पेज भन्ने अप्सन आउँछ। उक्त अप्सनमा गई आफ्नो अकाउण्टको पासवर्ड राखेपछि मर्ज गर्न मिल्ने सेक्सनमा जान्छ। 

उक्त सेक्सनमा तपाईँले मर्ज गर्न चाहेको २ वटा पेज सेलेक्ट गर्नुहोस् र एक पेजलाई स्थायी राख्नुहोस् भने अर्को पेजलाई उक्त पेजभित्र मर्ज गर्ने अप्सन दिन्छ त्यसलाई छनोट गर्नुहोस् र मेर्जको लागि आवेदन पेश हुन्छ। 

पेजको नाम समान नभएको खण्डमा आवेदन रिजेक्ट गर्छ र त्यही नाम चेन्ज गर्न मिल्ने अप्सन दिन्छ जसमा गएर पेजको नाम परिवर्तनको रेक्वेस्ट गर्न सकिन्छ । फेसबुकले त्यसलाई भेरिफाइड गरेपछि पुनः मर्जको प्रक्रिया अगाडि बढाउन सकिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको