Like us!
Follow us!
Connect us!
Watch us!

टाटा विङ्गर बीएस ६ अब नेपाली बजारमा

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १७ : २१ मा प्रकाशित

टाटा विङ्गर बीएस ६ अब नेपाली बजारमा

टाटा मास्टर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।  

“विङ्गर बीएस ६ नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरु तर्फ लक्षित छ जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार/व्यवसायको उन्नति गर्न चाहन्छन्,” कम्पनीले बताएकाे छ ।  
    
२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर द्यक् ट को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।           

सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ ।  गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।      

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको