प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिन उनी दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो।
गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाईआइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस