Like us!
Follow us!
Connect us!
Watch us!

हुन्डाईले सुरु गर्यो वर्ल्डकप-२०२२ लक्षित “टेस्ट-ड्राइभ क्याम्पेन”

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १६ : २८ मा प्रकाशित

हुन्डाईले सुरु गर्यो वर्ल्डकप-२०२२ लक्षित “टेस्ट-ड्राइभ क्याम्पेन”

फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।

श्रावन ३ गतेबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्। यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली बिजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन्।    

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले संयोजन गरेको छ। अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याईएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको