Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजना, के-के छन् सुविधा ?

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १२ : ३४ मा प्रकाशित

सिभिल बैंकको दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजना, के-के छन् सुविधा ?

सिभिल बैंक लिमिटेडले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । 

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बीमा सुविधा (रिलायन्स लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा) र रु दश लाखको दुर्घटना बीमा सुविधा (अजोड इन्स्योरेन्ससँगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको