Like us!
Follow us!
Connect us!
Watch us!

प्रकाशकीय : हाम्रो ८ वर्षको अनवरत यात्रामा सहयोग गर्नुहुने सबैमा हार्दिक नमन !

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०७ : ३८ मा प्रकाशित

प्रकाशकीय : हाम्रो ८ वर्षको अनवरत यात्रामा सहयोग गर्नुहुने सबैमा हार्दिक नमन !

कुसुम मिडियाले आर्थिक समाचारलाई मात्र समेटेर आठ वर्षअघि अर्थसंसार डटकम अनलाइन सुरु गर्दा आर्थिक पत्रकारिता एउटा बिटका रुपमा मात्र सीमित थियो । विशुद्ध आर्थिक समाचारमात्र पस्केर ब्यवसायिक रुपमा अनलाइन पत्रिका प्रकाशन गर्न सकिन्छ भन्ने हिम्मत जुटाउनु फलामको च्युरा चपाए सरह थियो । अर्थसंसारले त्यो हिम्मत गर्यो, अहिले अर्थसंसारकै सिको गर्दै दर्जनका हाराहारीमा आर्थिक समाचारमात्र पस्कने अनलाइन प्रकाशनमा छन् । आर्थिक समाचारमात्र प्रकाशन गर्ने अनलाइनहरुमध्ये अर्थसंसारको स्थान कहाँ छ भन्ने तपाइँ तमाम प्रवुद्ध पाठक र शुभन्तिकहरुमाझ जगजाहेर छ ।

हामीले सुरुवाती चरणमा मुलुकको अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउन अर्थसंसार सुरु गरेका थियौं । हाम्रो त्यो प्रतिवद्धतामा हामी कति सफल भयौँ, यहाँहरुले मूल्यांकन गर्ने कुरा हो । अहिले पनि हामी हाम्रो प्रतिवद्धतामा अडिग छौँ । बेलाबखत मुलुकको अर्थतन्त्रमा काला बादल मडारिन्छन्, हामी ती तमाम प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न भरमग्दुर प्रयास गर्दै आएका छौँ । त्यस्ता प्रतिकूलतालाई चिर्न हामीलाई हाम्रा पाठकहरुले अभ्यस्त बनाउनु भएको छ । 

मुलुकको अर्थतन्त्र खस्किँदो छ । त्यसको असर सबै क्षेत्रमा परेको छ । यस्तो हामीले निजी क्षेत्र र सरकारी निकायहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं । उद्यमी व्यवसायीको आवाजलाई हामीले अनलाइनले बोल्ने आवाज बनाएका छौं । नियामकीय निकायको सकारात्मक नीतिको समर्थन गर्दै आएका छौं । उनीहरुको लगानीकर्तामारा नीतिको भण्डाफोर र खबरदारी गर्दै आएका छौँ । हामी अनलाइन, युट्युब, टिकटकलगायतका नवीनतम डिजिटल माध्यमहरूबाट आम पाठकसम्म हाम्रो सूचना पस्किइ रहेका छौं । अनलाइनलाई थप पठनीय बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ । डिजिटल माध्यमहरूलाई प्रयोग गरेर सूचना पस्किने हाम्रो प्रयासमा पाठकहरू हाम्रो प्रेरणाका स्रोत हुनुहुन्छ। यहाँहरुको निरन्तर सुझाव, समर्थन र सहकार्यको अपेक्षा राखेका छौँ । यस वार्षिकोत्सवका अवसरमा हाम्रा पाठक, दर्शकस्रोता, विज्ञापनदाता, समाचारदतालगायत सबै महानुभावहरुमा निरन्तर साथ, सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछौं ।

मिलन खड्का

अध्यक्ष, कुसुम मिडिया क्रियसन प्रा.लि.

 

हामी आभारी छौँ 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको