Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति सार्वजनिक हुने दिन दोहोरो अंकले घट्यो सेयर बजार

नेप्से

शुक्रबार, ०६ साउन २०७९, १३ : ३३ मा प्रकाशित

मौद्रिक नीति सार्वजनिक हुने दिन दोहोरो अंकले घट्यो सेयर बजार

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ ।  मौद्रिक नीति सार्वजनिक हुने दिन नै बजार दाेहाेराे अंकले घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेकाे छ । नेप्से १.३३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.४० अंकले घटेर ३८६.२४ विन्दुमा झरेको छ । 

कूल २१२ वटा कम्पनीकाे ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ ।

त्यसैगरी, शुक्रबार काराेबार रकममा शिवम् सिमेन्टले अग्रता कायम गरेकाे छ । कम्पनीकाे २१ कराेड रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.४१ प्रतिशतले बढेर ९ सय ४९ रूपैयाँ १० पैसा पुगेकाे छ ।

यस दिन सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ५.७९ प्रतिशतले घटेर २ सय २६ रूपैयाँ १० पैसामा झरेकाे छ ।

हामी आभारी छौँ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको