Like us!
Follow us!
Connect us!
Watch us!

बाहिर हल्ला गरीए जस्तो बैंकहरु ऋण नै दिन नसक्ने अवस्थामा पुग्दैनन: राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १८ : ४७ मा प्रकाशित

बाहिर हल्ला गरीए जस्तो बैंकहरु ऋण नै दिन नसक्ने अवस्थामा पुग्दैनन: राष्ट्र बैंक

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमूख डा. प्रकाश कुमार श्रेष्ठले तरलतालाई सहज बनाईराख्ने मेकानिज्मको व्यवस्था गरेरै मौद्रिक नीति ल्याईएको बताएका छन्। पत्रकारहरुसँग कुरा गर्दै उनले कर्जा वृद्धिको लक्ष्य कम राखिएको कारण बैंक वित्तिय संस्थाहरु कर्जा विस्तारमा खासै आक्रामक नहुने हुँदा ब्याजदर पनि बजारमा चर्चा गरिए जसरी तरलता असहज भएर बैंकहरुले ऋण नै प्रवाह गर्न नसक्ने अवस्था नआउने बताएका हुन्।  

अर्थमन्त्रालयले स्थानीय तहमा जाने रकमको ८०% डिपोजिटमा गणना गर्न दिने नीतिलाई निरन्तरता दिएको र मौद्रिक नीतिमार्फत सीडि रेसियो गणना गर्दा ऋणपत्रलाई पनि समावेश गर्न पाउने नीतिलाइ निरन्तरता दिएको हुँदा यसले पनि तरलताको उपलब्धतालाई अप्टिमम लेभलमा राख्ने उनले बताए।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको