Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवको अवसरमा अर्थ संसारद्वारा आमा घरलाई खाद्यान्न सहयोग

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, १६ : ३८ मा प्रकाशित

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडद्वारा सञ्चालित अर्थ संसार डटकम यही श्रावण ६ गते, शुक्रबारबाट आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश भएको छ । शुक्रबार अर्थ संसारले आफ्नो आठौँ वार्षिकोत्सव सम्पन्न गरेको हो । 

वार्षिकोत्सवको अवसरमा अर्थ संसारले आमाहरुलाई आश्रय दिनको लागि समाजसेवी दिलशोभा श्रेष्ठद्वारा सञ्चालित  आमघरलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । आमाघरमा आवश्यक पर्ने चामल, दाल, नुन, तेल, मसला, बेसार, आलु लगायतका सामाग्री सहयोग गरिएको हो । 

सो कार्यक्रममा बोल्दै अमाघरकी सञ्चालिका दीलशोभा श्रेष्ठले अर्थ संसारलाई विशेष आभार प्रकट गर्दै संस्थाको यस सहयोगले आफूलाई सहारा मिलेको अनुभुति भएको बताइन् । साथै, उनले अर्थ संसार नवाैँ वर्षमा प्रवेश गरेकाे सुखद् अवसरमा संस्थालाई शुभकामना प्रदान गर्दै आउँदा दिनहरूमा आर्थिक क्षेत्रमा अझै राम्रा कदम चाल्न आर्शिवाद समेत दिइन् ।

यसअघिका वार्षिकोत्सवहरू कार्यालयमै विभिन्न कार्यक्रम गरी मनाइरहेको अर्थ संसारले यस वर्ष भने समाज सेवा गर्ने उद्देश्यले आमाघरमा गई मनाएको हो । 

उक्त कार्यक्रममा अर्थ संसारका सञ्चालक मिलन खड्का, प्रधान सम्पादक लिलानाथ घिमिरेसहित अर्थ संसारका सम्पूर्ण टिम, सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका दम्पत्ती, लगानीकर्ता डेनिस प्रजापती लगायतको उपस्थिती रहेको थियो । 

काठमाडौंको कालीमाटी सोल्टीमोडबाट कलंकीतिर जाँदा बायाँपट्टिको एउटा साँघुरो गल्लीभित्र आमघर रहेको छ । आफूले मन पराएर बिहे गरेका श्रीमानले छोरा नपाएको भन्दै छाडेपछि आमाको घर सञ्चालनमा ल्याएकी दिलशोभा श्रेष्ठ आमाहरुको पनि आमा हुन् ।

केही तस्विरहरू :

भिडियाे पनि हेर्नुहाेस् :

केही तस्विरहरू

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको