Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गंगा हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, १८ : १६ मा प्रकाशित

श्वेत गंगा हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आज (साउन ८ गते, आइतबार) सम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा ७.९३ गुणा बढी आवेदन परेकाे छ । 

सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज साँझ ५ बजेसम्म १६ लाख ३ हजार ७ सय ७२ जना लगानीकर्ताहरूले १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रूपैयाँ बराबरकाे १ करोड ८२ लाख ३९ हजार २ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको