Like us!
Follow us!
Connect us!
Watch us!

डिप्राेक्स लघुवित्तले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ११ : ४४ मा प्रकाशित

डिप्राेक्स लघुवित्तले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

डिप्राेक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले संस्थाकाे सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम संस्थाको वेबसाइट www.ddbank.org.np मा हेर्न सकिने संस्थाले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62de32848941a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको