Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ संसार

मंगलबार, १० साउन २०७९, ०९ : ५३ मा प्रकाशित

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंगलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

आज राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाको सूचनामा उल्लेख छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको