Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनी दर्ता किताब भनेको के हो, कम्पनीहरुले किन गर्छन् बुक क्लोज ?

नेप्से

बुधबार, ११ साउन २०७९, १३ : २३ मा प्रकाशित

सेयरधनी दर्ता किताब भनेको के हो, कम्पनीहरुले किन गर्छन् बुक क्लोज ?

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड अद्यावधिक राख्ने रजिस्टर सेयरधनी दर्ता किताब हो । कम्पनीहरुले ऐनको व्यवस्थाअनुसार निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरीसेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्छन् ।

कम्पनीहरुले विशेष गरी कुन मितिसम्म कायम रहेका सेयरवालाहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांशरबोनस सेयररहकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने भन्ने सम्बन्धमा निर्क्यौल गर्नका लागि यसरी दर्ता किताव बन्द गर्छन् । यसरी दर्ता किताव बन्द भएको अवधिमा पनि सेयर खरिद विक्री गर्न सकिन्छ ।

बुक क्लोज भएको अवधिमा खरिद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले दर्ता किताब बन्द हुनु भन्दा अघि घोषणा भएका लाभहरु भने प्राप्त गर्न सक्दैनन । त्यसैले धितोपत्र खरिद गर्ने लगानीकर्ता यो विषयमा चनाखो हुनुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको