Like us!
Follow us!
Connect us!
Watch us!

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १३ : ३३ मा प्रकाशित

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको