Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा बापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १७ : १३ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा बापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकले आफ्नो तलवी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका श्री उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रु.७ लाख  रकम भुक्तानी गरेको हाे ।

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु. ७ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु. ४०,००० सम्मको अस्पताल भर्ना खर्च र रु १०,००० सम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेव प्रदान गर्दै आइरहेको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको