Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले एकैचाेटी थप्याे ३ वटा नयाँ शाखा

अर्थ संसार

विहीबार, १२ साउन २०७९, १३ : ४५ मा प्रकाशित

सिटिजन्स बैंकले एकैचाेटी थप्याे ३ वटा नयाँ शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाण्डाैँको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । यससँगै काठमाण्डाैँ उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको