Like us!
Follow us!
Connect us!
Watch us!

सवारी दुर्घटना राेक्न टाइम कार्ड लागु गरिँदै

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १३ : ५० मा प्रकाशित

सवारी दुर्घटना राेक्न टाइम कार्ड लागु गरिँदै

भर्खरै मात्र सडक सञ्जालहरु गाउँ ,गाउँमा जोडिदै गरेको कर्णालीमा दुर्घटना कम गर्नका लागि टाइम कार्ड लागु गर्न लागिएको छ  । प्रदेश ट्राफिक कार्यालयले टाइम कार्डको कार्ययोजना तयार गरी लागु गर्ने तयारीमा रहेको जनाएको छ ।

दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए ।  कर्णाली राजमार्ग, भेरी करिडोरमा  सवारी दुर्घटना बढ्न थालेपछि जनधनको क्षति रोक्ने यो अभियान सञ्चालन गर्न लागिएको तिवारीले जानकारी दिए  ।

साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नति हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरू दुर्घटनामा पर्ने गरेका छन् ।  टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रूपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

 यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमि आउने अपेक्षा लिइएको छ । जाजरकोटमा २०६७ सालमा टाइम कार्ड लागु गरी बीचमा हटाएको थियो ।

कच्ची कटान गरेका सडकहरुमा जथाभावी यातायाताका साधनहरू चलाउँदा दुर्घटना बढिरहेका छन् । सवारीचालक अनुमतिपत्र समेत नभएका व्यक्तिहरूले सवारी चलाउँदा दुर्घटना बढेको बताएको छ । 

प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरणअनुसार विगत तीन आर्थिक वर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि ०७८/०७९ मा प्रदेशभर ४०२ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् । जसमा आव २०७८/०७९ मा १८० जनाले ज्यान गुमाएका छन् भने ३६२ जना गम्भीर घाइते भएका छन् । 

यस्तै आव ०७६/०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७/०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्यांक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको