Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी सेयर आजबाट फेरि खुल्यो, यसपटक बिक्ला त ?

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ११ : ०६ मा प्रकाशित

एनसीसी बैंकको लिलामी सेयर आजबाट फेरि खुल्यो, यसपटक बिक्ला त ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आज (आइतबार) बाट फेरि पनि संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । 

बैंकले यसअघि पनि दुईपटकसम्म बिक्री गर्दा नबिकेपछि २६ लाख ३१ हजार १ सय ३६ कित्ता संस्थापक सेयर फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यस सेयरमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने जानकारी दिइएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको