Like us!
Follow us!
Connect us!
Watch us!

रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ११ : २० मा प्रकाशित

रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए । 

‘अहिले जति धेरै मानिसहरू दाेनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रको ठूलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच ठूला झडप भएका छन् । 

सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । रुसी आतंकलाई सक्दो सीमित पार्ने उनले बताए । हजारौँ सर्वसाधारणहरू दोनेत्स्क क्षेत्रमा फसेका र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका प्राप्त विवरणहरूमा जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको