पछिल्लो चौबिस घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ५ हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।
बितेको चौबिस घण्टामा २९७ जना कोरोना भाइरसका संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस