Like us!
Follow us!
Connect us!
Watch us!

चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १७ : १६ मा प्रकाशित

चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले सम्बन्धित पक्षसँग छलफल गरी चिनी मिलमा देखिएको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

लामो समयदेखि उखु किसानले वक्यौता रकम पाएका छैनन् । जस कारण बेला बेलामा किसान आन्दोलनमा उत्रिने गरेका छन् । समितिले चिनी मिलका प्रतिनिधि, उखी किसान र मजदुरसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको