Like us!
Follow us!
Connect us!
Watch us!

थामिँदै पराकम्पन, बढ्दै भूकम्प

पत्रपत्रिका

सोमबार, १६ साउन २०७९, ०६ : १६ मा प्रकाशित

थामिँदै पराकम्पन, बढ्दै भूकम्प

पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार आइतबार बिहान ८ः१३ बजे खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए । खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारवटा पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । 

पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ । 

वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन/चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको