Like us!
Follow us!
Connect us!
Watch us!

‘घरजग्गामा गएको पैसा बिस्तारै पूँजी बजारमा फर्कँदैछ’

लगानीकर्ताको आवाज

सोमबार, १६ साउन २०७९, ११ : ४५ मा प्रकाशित

सेयर विश्लेषक चार्टर एकाउन्टेन्ट नवराज बुर्लाकोटीले बिस्तारै पूँजी बजारबाट घरजग्गामा गएको पैसा पनि पूँजी बजारमा फर्कन थालेको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

‘राष्ट्र बैंकले मौद्रिक नीति मार्फत काठमाडौँ उपत्यकाभित्रमा घरजग्गा खरिदमा ३० प्रतिशतसम्म फाइनान्सिङ गर्ने व्यवस्था गरेको छ जसका कारण पनि घरजग्गामा गइरहेको पैसा पनि पूँजी बजार तिर आउन थालेको जस्तो देखिन्छ’ उनले भने ‘त्यस्तै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लागेको सिमाबाट ४ हटाइदियो भने २५ लाखसम्मको सेयर कर्जामा जोखिम भार १०० प्रतिशत नै कायम गरिदियो जसले गर्दा पनि लगानीकर्ताहरुमा सकारात्मकता छायो ।’

‘पूँजी बजार भनेको सधैँ बढ्ने वा सधैँ घट्ने मात्र पनि होईन, यो घटबढ भइराख्छ’ उनले भने ‘अहिले बजारको घट्ने क्रम रोकिएर बढ्न सुरु भएको फेरि कुनै दिन घट्छ पनि ।’ अहिलेको बजारमा लगानीकर्ताहरु दिर्घकालिन मुनाफामा भन्दा पनि अल्पकालिन आम्दानीमा रमाइरहेको उनको तर्क छ । 

केहि पुराना र अनुभवी लगानीकर्ताहरुले अल्पकालिन कारोबारबाट कमाउने सम्भावना बढी हुनसक्ने भन्दै उनले नयाँ लगानीकर्ताहरुले अल्पकालिन लगानीमा भन्दा पनि दिर्घकालिन लगानीमा ध्यान दिनुपर्ने बताए ।    

बुर्लाकोटीसँग गरिएको भिडियो कुराकानीः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको