Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १२ : ०३ मा प्रकाशित

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

'अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख संमवाहक निजी क्षेत्र हो । जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ,' कार्यवाहक राजदूत म्यानी पी. मिक्कलर भन्छन्  'त्यसबाहेक  जिम्मेवारी र समावेशिताजस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ ।'

छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति रहेको अमेरिकन अमचेम नेपालका अध्यक्ष अजित शाहले बताए ।

एफएनसिसिआई, सिआएन र एनयुएसएसिसिआईका नेतृत्वसँग मिलेर अमचेम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतिहरू न्यूनीकरणमा कसरी काम गरिरहेको छ भन्ने बारेमा अमचेम नेपालका अध्यक्ष अजित शाहले जानकारी गराए । 

‘नेपालबाट विश्वका अन्य क्षेत्रमा आईटी सेवा पुर्‍याउने ठूलो अवसर रहेको छ,’ अजित भन्छन् ‘यस उद्योगलाई तिव्रता दिन एनएएसएससिओएम जस्तो संस्थाको आवश्यकता रहेको छ ।’

कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो ।

कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्‍याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घबारे पनि छलफल भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको