Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सम्झाैता, ग्राहकलाई छुट

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १२ : ०८ मा प्रकाशित

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सम्झाैता, ग्राहकलाई छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही काठमाडौंस्थित “क” वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको