Like us!
Follow us!
Connect us!
Watch us!

कोहलपुरमा अजोड इन्स्योरेन्सकाे अभिकर्ता तालिम

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १७ : १३ मा प्रकाशित

कोहलपुरमा अजोड इन्स्योरेन्सकाे अभिकर्ता तालिम

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले श्रावण १४, १५ र १६  गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी  अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै  कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau

धेरै पढिएको