Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०७ : ५१ मा प्रकाशित

राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् ।

पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागीता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।

मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धीत सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको