Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफकाे साधारण सभा आज, लाभांश पारित मुख्य एजेन्डा

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, ०७ : ०८ मा प्रकाशित

ज्योति लाईफकाे साधारण सभा आज, लाभांश पारित मुख्य एजेन्डा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा आज (फाल्गुन ६ गते, शुक्रबार) हुँदैछ । उक्त सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सफाले ४ जना संस्थापक समूहका र २ जना सर्वसाधारण समूहका गरी ६ जना सञ्चालकहरुको समेत चयन गर्ने छ । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले २४ माघमा बुकक्लोज गरेकाे थियाे । त्यसैले, २३ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको