Like us!
Follow us!
Connect us!
Watch us!

जन्मदिनको अवसरमा दश लाखको बिमा

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १३ : ३६ मा प्रकाशित

जन्मदिनको अवसरमा दश लाखको बिमा

छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बिमा गराएकी छन् ।

जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् ।

 फजुल खर्च गर्नुभन्दा पनि  छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले  जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।

 गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको