Like us!
Follow us!
Connect us!
Watch us!

‘म मेरो ‘प्रिडिक्सनमा’ अझै अडिग छु, सन् २०२४ सम्ममा नेप्से परिसूचक ६००० पुग्छ’

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०६ : ३५ मा प्रकाशित

नेपालका चर्चित प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले सन् २०२४ को नोभेम्बर महिनासम्ममा नेप्से परिसूचक ६००० को बिन्दुमा पुग्ने बताएका छन् । 

तपाईहरु जस्ता प्राविधिक विश्लेसकहरुले नेप्से ५ ६ हजार पुग्छ भनेर भनिदिँदा त नयाँ लगानीकर्ताहरु त डुबे नि भन्ने हाम्रो प्रश्नमा बस्यालले भने ‘मेरो विश्लेषणलाई एकोहोरो ढंगले मात्र हेरियो मैलै एकैै पटक नेप्से बढेर ६००० पुग्छ भनेको होईन तर म त्यतिबेलाको प्रिडिक्सनमा अहिले पनि अडिग छु सन् २०२४ को नोभेम्बर सम्ममा नेप्से परिसूचक ६००० को बिन्दुमा पक्कै पुग्नेछ ।’

‘कतिपयले अहिले नेप्से परिसूचक यतिको बिन्दुमा पुग्छ भनेर भन्नै नपाईने समेत भनिरहेका छन् तर त्यस्तो हुँदैन विश्वका सबै ठाँउमा प्रिडिक्सन गर्ने स्वतन्त्रता हुन्छ’ उनले भने ‘तर नेपालमा पनि धितोपत्र बोर्डले कम्तिमा विश्लेषकहरुलाई लाइसेन्स दिने व्यबस्था गर्न जरुरी छ र लगानीकर्ताहरुले पनि विश्लेषकहरुको रिलाईबिलिटी हेरेर मात्र उनिहरुको विश्लेषणलाई विश्वास गर्नुपर्छ लगानीको अन्तिम निर्णय गर्ने त लगानीकर्ताहरुले नै हो नि ।’

‘अहिले जसरी देशका सबै नागरिकलाई दोस्रो बजारमा ल्याउनुपर्छ भन्दै अभियान चलिरहेको छ वास्तवमा त्यो सहि छैन सेयर बजार सबैका लागि हुँदै होईन’ उनले भने ‘कम्तिमा पनि वित्तिय साक्षरता भएका मानिसहरु मात्र दोस्रो बजारमा आउनु पर्छ यो आँफैमा एकदमै जोखिमको क्षेत्र पनि हो त्यसैले त्यस्तो जोखिमलाई बुझ्न र बहन गर्न सक्ने मानिसले मात्र यहाँ लगानी गर्नु पर्छ ।’
 

बस्यालसंग गरिएको भिडियो कुराकानीः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको