Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी हुने, शल्यक्रिया शुल्कमा पनि छुट

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १३ : ५४ मा प्रकाशित

नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी हुने, शल्यक्रिया शुल्कमा पनि छुट

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ । 

यही योजनाअनुसार शनिवार(भोलि) पनि नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । 
निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । 

शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् । 

नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर यसअघि नै सार्वजनिक गरिसकेको छ । 

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । 
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको