Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १४ : ५८ मा प्रकाशित

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

सेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन् ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए । 

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको