Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र कर्णाली ‍र्याफ्टिङ एण्ड एडभेन्चरबीच सम्झाैता, ग्राहकलाई छुट

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १२ : १३ मा प्रकाशित

सिटिजन्स बैंक र कर्णाली ‍र्याफ्टिङ एण्ड एडभेन्चरबीच सम्झाैता, ग्राहकलाई छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ  उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको