Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १३ : १२ मा प्रकाशित

लाभांश वितरण गर्न सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

लाभांश वितरण गर्ने प्रयाेजनका लागि सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले बुकक्लाेज मिति ताेकेका छन् ।

सिद्धार्थ क्यापिटलकाे हिजाे (साउन २५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ को लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै ७ गते, मंगलबार एक दिनका लागि बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, भदाै ६ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

दुवै फण्डले आज गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना ईकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ । 

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

62f4b0316e5c4.jpg 62f4b0389dea5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको