Like us!
Follow us!
Connect us!
Watch us!

भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १७ : ५१ मा प्रकाशित

भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए । ‘उहाँ (भुवन केसी) विरुद्ध रिट निवेदन दायर भएको छ, कागजपत्र हेर्दैछु,’ पौडेलले न्युज कारखानासँग भने ।

केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुव्र्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको