Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको नाफा १ अर्ब ५ करोड, ईपिएस घट्दा अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : ०२ मा प्रकाशित

हिमालयन डिष्टिलरीको नाफा १ अर्ब ५ करोड, ईपिएस घट्दा अन्य अवस्था कस्तो ?

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्मा कम्पनीले १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढाएर ७ अर्ब ५८ करोड ३० लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ६ अर्ब ५० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हिमालयनले ७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ पुर्‍याएको छ । 

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ६४ लाखबाट घटेर १ अर्ब ४६ करोड ९१ लाख रूपैयाँ पुगेको छ । 

कम्पनीको खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५२ पैसाले घटेर ६९ रुपैयाँ ५० पैसामा झरेको छ । कम्पनीले ७५ प्रतिशत बोनस सेयर वितरण गरेका कारण प्रतिसेयर आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको