Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको मुनाफामा गिरावट, ४४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : २२ मा प्रकाशित

ङादी ग्रुप पावरको मुनाफामा गिरावट, ४४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३५.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १२ करोड ७५ लाख ९६ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४४.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ८३ लाख ३४ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ७९ करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार ८ करोड ३४ लाख ५१ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.७७ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ८ पैसा पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको