Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा एक दिने शेयर तालिम सम्पन्न

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १३ : ३८ मा प्रकाशित

पोखरामा एक दिने शेयर तालिम सम्पन्न

पोखरामा शनिवार एक दिने शेयर बजार सम्वन्धि तालिम सम्पन्न  भएको छ । लेखनाथ जेसिसको आयोजनामा पोखराको तालचोकमा शेयर बजारका अग्रज तथा अनुभवि लगानीकर्ता सुवास चन्द्र भट्टराईले तालिम दिएका हुन । उक्त तालिममा शेयर बजारमा लागेका ९० जना लगानीकर्ताको सहभागिता रहेको आयोजक लेखनाथ जेसिसका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए । 

हाल शेयर बजार घटिरहेको अवस्थामा लगानीकर्तामा निराशा छाएको बेला भौतिक रुपमा सहभागि भै सिक्न पाउँदा आफुहरु लाभान्वित भएको सहभागि राजन कुमालले बताए ।

अर्का सहभागि सबिता बरालले देशव्यापी तालिम दिदै आउनु भएको प्रशिक्षक सुवास चन्द्र भट्टराईसँग तालिम लिने धोको थियो र अवसर मिलाइ दिएकोमा आयोजक प्रति खुशि व्यक्त गर्दै धेरै आधारभूत तथा प्राविधिक कुरा सिकेको बताइन । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको