Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको बिद्युत बिक्रि आम्दानी १४ करोड नाघ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०७ : ५४ मा प्रकाशित

तेह्रथुम पावरको बिद्युत बिक्रि आम्दानी १४ करोड नाघ्यो, अन्य अवस्था कस्तो ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिद्युत बिक्रि आम्दानी बढेसंगै कम्पनीले खुद नोक्सानीलाई धेरै घटाउन सफल भएको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ४४ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ५ करोड २१ लाख १९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १४ करोड २७ लाख ९५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ११२ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ७२ लाख ८४ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषको आकार १० करोड १७ लाख रुपैयाँ ऋणात्मक छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.११ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको