भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाईएको छ। सन् १९४७ मा ब्रिटिश औपनिवेशिक बाट स्वतन्त्र भयो। १९४७ मा २.७ लाख करोड भारु रहेको भारतीय जीडीपी ७५ वर्षको अवधिमा २०२२ सम्म आई पुग्दा तीन लाख करोड अमेरिकी डलेरको अर्थतन्त्रको राष्ट्र भएको छ र आज भारत मार्केट एक्सचेन्ज रेटको आधारमा विश्वको छैठौं ठूलो अर्थतन्त्रको राष्ट्र भएको छ र पछिल्लो २० वर्षको अवधिमा करिब ६% ले जीडीपी वृद्धिदर भएको, भारतको अर्थतन्त्र अहिले विश्वको फास्ट मुभिङ अर्थतन्त्र हो।
भारतले स्वतन्त्रता पछिको ७५ वर्षको अवधिमा धेरै युद्धहरूको समान गर्यो जसले अर्थतन्त्रलाई थप चुनौती थपिएको थियो। १९४७ मा प्रति डलर ३.३० भारु विनिमय दर रहेको भारतीय रुपैयाँ आजको दिन सम्म आइपुग्दा ७९.६ भारु रहेको छ। सन् १९९६ जुन ६ मा भारूको विनिमय दर ५७% ले अवमूल्यन भएको थियो। सन् १९६६, १९८१ र १९९१ लगायतका विभिन्न आर्थिक संकटले भारतीय अर्थतन्त्रलाई यो कालखण्डमा नकारात्मक प्रभाव परिरहेको थियो तर भारत यी सबै समस्याका बाबजुत ‘विश्वको तेस्रो राष्ट्रको’ रूपमा परिचय बनायो।
सन् १९८६ मा सेन्सेक्स सुरु भयो। १ अप्रिल १९७९ लागि आधार मानेर सेन्सेक्स परिसूचक १०० कायम भएको थियो हालसम्म परिसूचक करिब ६०००० पुगेको छ। सेयरबजारमा अर्थतन्त्रको ऐनाको रूपमा परिचय दिने गरिन्छ,जसलाई भारतले प्रमाणीकरण गरेको छ। भारतले ७५ वर्षको अवधिमा यो आर्थिक उचाई प्राप्त गर्यो ।
सेन्सेक्सलाई १००० बिन्दु पूरा गर्न ११ वर्ष लाग्यो तर यसपछि वर्षदिनको अवधिमा ३००० बिन्दु पार गर्यो, यस समयमा हर्षद मेहेताको स्क्यम चलीरहेको थियो यस घटनाले लगानी, उदारीकरण लगायतका व्यापक सुधारहरु पनि देखियो।
सेन्सेक्सलाइ ४००० बाट ५००० को बिन्दुमा पुग्न ७ वर्ष लाग्यो र सन् १९९९ मा त्यो उचाई प्राप्त गर्यो। यस अवधिमा सूचना प्रबिधि तथा जानकारी एबम् ज्ञानमा आधारित कम्पनीहरुले ध्यानाकर्षण पाएका थिए। इन्फोसिस, टिसीएस ले लगानीकर्ताको ध्यान पुराना कम्पनी बाट आफूतर्फ आकर्षित गरेका थिए र सेन्सेक्स महत्त्व पूर्ण अंगको रूपमा लिइन्थ्यो।
सन् २००६ सम्म आई पुग्दा सेन्सेक्स १०००० को बिन्दु पार गरिसकेको थियो २००८ को सुरुवातमा २०,००० को बिन्दुमा पुगेको थियो। यस अवधिमा विश्व आर्थिक संकटमा परेको थियो। २००८ को अक्टोबरमा परिसूचक ८५०० को बिन्दुमा आएको थियो।
त्यसपछि सन् २०१० अक्टोबर मा परिसूचक पुनः २०००० को बिन्दुमा प्रवेश गर्यो। भारतीय सेयरबजारमा त्यसपश्चात निरन्तर रूपमा बाट उचाई कायम गरी रह्यो। २०१५ मा २९००० २०२० मा ३९००० र २०२१ अक्टोबरमा सर्वाधिक ६२००० को बिन्दु कायम गर्यो।
आ ब २०२१/२२ को अन्त्यमा भारतमा ९ करोड डिम्याट अकाउण्टको थपिए। २०१९ को तुलनामा यो अवधिमा १५०% ले लगानीकर्ताको संख्या थपियो र बजारको उच्च बढाब यही समयमा देखियो।
सन् १९७७ मा रेलाएन्सले भारतको सर्वसाधारणका लागि पहिलो साधारण सेयर (आइपीओ) जारी गर्यो हाल सम्म ७००० बढी कम्पनी भारतका २ सेयरबजार बिएसई र एनएसई मा लिस्टेड भएका छन्।
यो अवधिमा भारतीय सेयर बजारमा धेरै स्क्याम हरु भए बजारमा सेयर पम्प एण्ड डम्प, हार्षद मेहेता स्क्याम, सत्यम स्क्याम, केतन पारेख स्क्याम, दि सि आर बन्सली स्क्याम, NSEL स्क्याम, सराधा स्क्याम लगायतका धेरै स्क्याम हरु भए।
यो अवधिमा भारतिय सेयरबजारमा सुधारका धेरै प्रयासहरू भए जसका कारण आज भारतको शेयरबजार विश्वको सातौँ ठूलो सेयर बजारको रूपमा स्थापित भएको छ।
स्रोत खोज : इन्टरनेटमा आधारित।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस