Like us!
Follow us!
Connect us!
Watch us!

३२ प्रतिशतले बढ्यो युनाईटेड इन्स्योरेन्सको नाफा, बीमा शुल्क बढेर ७५ करोड नाघ्यो

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०६ : ५२ मा प्रकाशित

३२ प्रतिशतले बढ्यो युनाईटेड इन्स्योरेन्सको नाफा, बीमा शुल्क बढेर ७५ करोड नाघ्यो

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३२ प्रतिशतले बढेर १३ करोड ९६ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क ६१ प्रतिशतले बढेर ७५ करोड २३ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ४६ करोड ६८ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ३८ लाख २८ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ४२ करोड २ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62faee1c317bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको