Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको बिद्युत बिक्रि आम्दानी ५१ करोड नाघ्यो, ईपिएस ३.६७ रुपैयाँ मात्र

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०७ : ०४ मा प्रकाशित

अपि पावरको बिद्युत बिक्रि आम्दानी ५१ करोड नाघ्यो, ईपिएस ३.६७ रुपैयाँ मात्र

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिद्युत बिक्रि आम्दानी बढेसंगै कम्पनीको नाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १४ करोड १० लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ११.८५ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड ६० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ५१ करोड ९१ लाख ४५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४१.३४ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ७२ लाख ८८ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ कम्पनीको रिजर्भमा २९ करोड ६६ लाख ७० हजार रुपैयाँ सन्चित छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७२ पैसा पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62faf0eb0c09b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको