Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशियाद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०८ : ११ मा प्रकाशित

एन आई सी एशियाद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्र्तगत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त यस बैंकको त्रिपुरेश्वर शाखामा KMC Ambassador बचत खाता खोलेका  स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलिएका  स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका  स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी हुन् । निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको