अब सबै सहकारीहरुले मासिक रुपमा आफ्ना सेयरधनीलाई संस्थाको वित्तीय विवरण जानकारी गराउनु पर्ने भएको छ । मंगलबार सहकारी विभागले एक निर्देशन जारी गर्दै यस्तो व्यबस्था कार्यन्वयनमा ल्याएको हो ।
सहकारीले जारी गर्ने वित्तिय विवरणमा सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी गरिएको छ ।
विभागले सहकारी बैंकहरुलाई संस्थागत सुशासन प्रक्रियामा सहभागी भई त्यसको अभिवृद्धि गर्न समेत निर्देशन दिएको छ । आफू सम्बद्ध संस्थाको निरन्तर सूक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी सम्भव भएसम्म कोषको व्यवस्था गर्न समेत कोषले सचेत गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस