Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ११ : २३ मा प्रकाशित

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । 

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव पारित हुनेछ । 

 

सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको