Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट प्रकरणः नियामक बिनाका कम्पनी ‘लगाम बिनाकाे घोडा’ जस्तै !

धिरज पौड्याल

शुक्रबार, ०३ भदौ २०७९, १४ : ४३ मा प्रकाशित

शिवम् सिमेन्ट प्रकरणः नियामक बिनाका कम्पनी ‘लगाम बिनाकाे घोडा’ जस्तै !

शिवम सिमेन्टले गत सोमबार आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको थियो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा यो वर्ष स्वाट्टै घटेर ६८ करोड रुपैयाँमा सिमित भएको छ ।

गत वर्षको तुलनामा खुद नाफा ५१% भन्दा धेरैले घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झरेको हो। पछिल्लो समय कम्पनीको सेयरप्रति लगानीकर्ताहरुको उच्च आकर्षण हुँदा हुँदै पनि सेयरमूल्य उच्च रुपमा घट्नु, शिवमको व्यापार बढेको व्यापक प्रचार प्रसार हुनु तर सोहि बिचमा प्रोमोटरहरु धमाधम सेयर बेचेर बाहिरिनु अनि नाफा र प्रति सेयर आम्दानी उच्च रुपमा घटेको वित्तिय विवरण आउनुले प्रोमोटरहरुले निकै सुनियोजित रुपमा सेयर बेचेर बाहिरिने योजना बनाएको स्पष्ट देखिएको छ ।

शिवम् सिमेन्ट: प्रोमोटरको जालझेल, कम्पनीमा पस्ने लगानीकर्तालाई यसरी बनाइयो जोकर

अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुले शिवम् सिमेन्टको सेयरमा त्यसका प्रोमोटरहरुले चलखेल गरेको आरोप लगाएका छन् । नियामक निकाय नहुनुको फाइदा उठाउदै बजारलाई प्रभावित पार्ने गरी उक्त कम्पनीको सेयरमा चलखेल भएको आरोप कतिपयले सामाजिक सञ्जाल मार्फत लगाइरहेका छौ । आज हामिले यस प्रकरणबारे बजारमा सक्रिय लगानीकर्ता एबं बजार जानकारहरुको प्रतिक्रिया लिएका छौः

कम्पनीको सेयर बाईब्याक गरेर मूल्य बढाएको बेला सेयर बेचेर निस्किने खतरा हुन सक्छः छोटेलाल रौनियार, निवर्तमान अध्यक्ष-नेपाल ईन्भेष्टर फोरम

कम्पनीको सेयर बाईब्याक गरेर कम्पनीको भाउ बढाउन सक्छन् र बढाएको बेला सेयर बेचेर निस्किने किसिमको बदमाशी हुन सक्छ याे कुराहरु सेट ब्याक हुन् सक्छ र ब्यालेन्ससीट हेर्न पाएको छैन, बजारमा यस बारे कुरा सुनेको थिए यो नराम्रो भएकाे बताए। 

रियल सेक्टरको कम्पनीहरुको आइपीओ र बुक बिल्डिंगमा धेरै कुराहरु छ, सेवाेनले कति सम्म नियमन गर्न सक्छ क्राइटेरिया बनाउनुपर्छ र कसरी उनीहरूलाई भित्र्याउने र कस्तो नीति नियममा राख्ने जसले गर्दा उनीहरूले गलत काम गर्न नसकोस् र कम्पनी पब्लिकमा लिस्टेड भएर त्यस्मा रेगुलेटर नभएमा नराम्रो हुन्छ, बजारमा कम्पनीको भाउ बढ्दा उनीहरू बेचेर गए भने त्यसले लगानीकर्ताहरुमा अफ्ट्यारो निम्त्याउन सक्छ उनले भने । 

यसमा अन्तराष्ट्रिय अभ्यास हरुलाई हेर्नुपर्ने र धेरै सानो रियल सेक्टरको कम्पनी लिस्टेड भएर आउन सक्छन् तिनीहरूले आफ्नो कम्पनीको सेयर बाईब्याक गरेर कम्पनीको भाउ बढाउन सक्छन् र बढाएको बेला सेयर बेचेर निस्किने किसिमको बदमाशी हुन सक्छ। यस्तो हुन नदिन नेप्से, सेवोन र अर्थमन्त्रालय, राष्ट्रबैंक चनाखो हुनुपर्छ र सेयरबजारमा रियल सेक्टरको कम्पनी आउनुपर्छ जुन बजारको राम्रो हो,अहिले बैंक तथा वित्तीय संस्थाको ७०% छ ब्यालेन्स भएको छैन रियल सेक्टर कम्पनी आएपछि यो व्यलेन्स हुन्छ तर व्यलान्स गर्दा गर्दै नियमन गर्ने निकाय र सिस्टम बलियो हुनुपर्छ, चलखेल हुन नदिन नियामक निकायहरु चनाखो हुनुपर्छ र रोक्ने भन्दापनि राम्रो नीति नियमको व्यवस्था गर्नुपर्छ । 

अलिकति प्रोमोटरबाट बदमाशी भएको जस्तो लाग्छः राधा पोख्रेल, अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता संघ 

मैले पनि सुनेको छु सत्र सयको सेयर मूल्य छ सयमा झर्यो यसबाट साना लगानीकर्ताहरु पनि परे , डिटेलमा आधिकारिक रूपमा बुझ्न खोजेको थिए सम्पर्कमा कोही आउनुभएको छैन अलिकति प्रोमोटर बदमाशी भएको जस्तो लाग्छ । 

रियल सेक्टरका लिस्टेड कम्पनीहरुलाई नियमन गर्ने निकाय नहुँदा अहिले शिवम् सिमेन्टको जस्तो घटना दोहोरिन सक्छ, त्यसकारण सुरुमा नियमन गर्ने निकाय हुनु पार्यो त्यसपश्चात रियल सेक्टरको कम्पनीहरु आउनुपर्यो। नियमक निकाय बलियो नहुँदा आज हामीले शिवम् सिमेन्ट पनि देखियो यो नहुँदा यस किसिमका घटना भोलि धेरै हुन सक्छ त्यसकारण सोझा साझा लगानीकर्ता फस्ने भए, ठूला निस्किने भए र प्रोमोटर भाग्ने भए तसर्थ नियमन गर्ने निकाय टर्च लाइट लिएर खोज्ने अवस्था नआओस।

साना लगानीकर्तालाई लुटेर ठूला लगानीकर्तालाई पोस्ने काम भई रहेको छ, बुक बिल्डिंग ठीक छैनः दिपेन्द्र अग्रवाल, ठुला लगानीकर्ता  

शिवम् सिमेन्टको ब्यालेन्ससीट म्यानुपुलेसन थाहा नभएको कुरा हावामा भन्नु मिल्दैन म्यानिपुलेसन भएको छ कि छैन हो प्रोमोटरको लकिंग पिरियड खुलेको छ यो राज्यको लूप होल हो, २ ३ ओटा नियम ल्याउनु पर्दछ: कुनै पनि कम्पनीमा त्येसको लोन नसकिए सम्म १ कित्ता सेयर पनि बेच्न पाउनु हुँदैन, कन्भर्सन एकै पटक भएको छ त्यो हुनु भएन र पब्लिक लिमिटेड कम्पनीको १० वर्ष भन्दा पहिला हुनु भएन । हामीले १ पल्टमा ५१% को ढिक्का ट्रेडिङ हुन पाउने तर त्यो ५१% नै हुनु पर्ने र त्यसलाई १०% २०% मा तोड्न नपाउने नियम ल्याउनु पर्यो । 

अहिले नेपालको संदर्भमा बुक बिल्डिंग ठीक छैन, नेपाली साना लगानीकर्तालाई लुटेर ठूला लगानीकर्तालाई पोस्ने काम भई रहेको छ, बुक बिल्डिंग जब विदेशीले हाम्रो सेयर लिने हो त्यस बेला इन्ट्रडीउस हुने हो त्यस बेला बुक बिल्डिंग बाट विदेशीलाई हामीले सेयर बेच्ने हो। यो स्पीडले बुक बिल्डिंग र प्रीमियममा सेयर आयो प्रोमोटर सेयर हरु यसरी कन्भर्सन हुँदै गयो भने सबै लगानीकर्ता एकैपटक डुब्छन् यसको जिम्मा सरकारले लिनुपर्छ । यो कामले गर्दा भोलिको दिनमा सेयरबजार डुब्न सक्छ। 

शिवम् सिमेन्ट: प्रोमोटरको जालझेल, कम्पनीमा पस्ने लगानीकर्तालाई यसरी बनाइयो जोकर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको