नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् । गोकर्णेश्वर-५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् ।
कमलबिनायकमा १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वा र दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बुले नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् । भने भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले नारायणटार आउटलेट सञ्चालनमा ल्याएका हुन् । दुईले आ–आफ्नै संस्कृति अनुसार आउटलेटको उद्घाटन गरेका थिए । शिव सुन्दर कासिछ्वा र अशोक किलम्बुले नेवारी संस्कृति अनुसार आफैले उद्घाटन गरेका थिए भने छेवाङ शेर्पाकाे आउटलेट खेन्पो गावाङ छोपेल शेर्पाले गरेका थिए ।
समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनीहरूको छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् । साथीमार्टसँग जोडिएपछि एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिई नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुन चाहेको उनीहरूको भनाई छ ।
यी आउटलेटहरूमा आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस