Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १६ : २७ मा प्रकाशित

कुमारी बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

कुमारी बैंक लिमिटेडले १० (दश) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “११% केबिएल डिबेन्चर २०८९” को प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट भाद्र १ गते स्वीकृति प्राप्त गरेको छ ।

उक्त ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस ऋणपत्र निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६०,००० कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सोलाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ । 

यस सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त C-ASBA मा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको